कारागारका महिलालाई नि:शुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत सहयोग
पाेखरा | असार ८, २०८१
पोखरा: महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।
मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो ।
मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

