नेपाली भाषामा लडाई चलिरहेको छ: अधिकारी

प्रेस क्लबले उत्कृष्ट फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गर्ने

पाेखरा | असार ८, २०८१

नेपाली भाषामा लडाई चलिरहेको छ: अधिकारी

पोखरा:     गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन्।


उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै उनीहरको आक्रोसको जवाफ दिने गरेको  छु । ”


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए । सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो ।


पत्रकार महासंघक कास्कीका सचिव माधव वरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए ।


उत्कृष्ठ फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गरिने


प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामुहिक वहस मुलक कार्यक्रम देखि पर्यटकीय क्षेत्रहको प्रचार प्रसार गर्न कार्यक्रमहरु संचालन गर्दे आइरहेको बताए ।


उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार सहित सम्मान गर्ने बताए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत संचालन गर्ने क्लबको योजना रहेको बताए ।


तालिममा पोखराका क्रियाशिल नयाँ तथा पुराना पत्रकाहरुको सहभागीता रहेको थियो । पत्रकारितामा  फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए । 


तालिममा सहभागीहरु मध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाइृ आगामी साता नगद १० हजार सहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठीले जानकारी दिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्