पुन समाज पोखरा ‘ए’लाई तारा खेलको उपाधि

पाेखरा | असार ९, २०८१

पुन समाज पोखरा ‘ए’लाई तारा खेलको उपाधि

पोखरा:    पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारा खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ले जितेको छ ।


पुन समाज पोखरा ‘ए’ले म्याग्दी मगर समाजलाई १३८–१३३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थान हासिल ग¥यो ।  


पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारा खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम भएको पुन समाज पोखरा ‘ए’ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो भएको म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 


प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो । 
 

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्