गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने

पाेखरा | असार १९, २०८१

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने

पोखरा:   पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । 


‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ सो सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ । 


विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् । 


दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताए । 


उनले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने उक्त कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोगी हुने बताए । 


विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् । भने सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. सुर्यबहादुर जि.सी रहनेछन् । 


त्यसैगरी सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय, व्यवस्थापन सङ्काय थाइल्याडका डिन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवम् पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी रहनेछन् । 


कार्यक्रममा स्वदेशी तथा विदेसी विश्वविद्यालयबाट ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुति रहने र उक्त लेखहरू माथि छलफल हुने कार्यक्रम संयोजक मोहन भण्डारीले जानकारी दिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्