सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउँछ: अध्यक्ष झा
काठमाडाैं | असार २२, २०७९

काठमाण्डौँ: राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उहाँले लोकतन्त्रको बलियो आधार सूचनाको हक भएको बताउनुभएको हो ।
नेपालका प्रत्येक सार्वजनिक निकाय सूचनाको हकप्रति गम्भीर हुन जरुरी रहेको औँल्याउदै अध्यक्ष झाले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । अझै पनि सूचना दिने र पाउनेबीच तालमेलको अभाव रहेको भन्दै उहाँले सूचना दिनुपर्ने हकलाई व्यवहारमा उतार्न सबैको पहल कदमी आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सूचना नै शक्ति हो, त्यो शक्तिको सदुपयोगले सम्बन्धित निकायलाई खबरदारी गर्छ, सूचनाको हकले सार्वजनिक हित गर्नसक्ने सन्दर्भ जोड्दै सूचनाको पारदर्शिताले जनता र स्थानीय निकायबीचको सम्बन्ध सुदृढ बनाउन सक्छ, यसको धेरै उदाहरण छन् ।”
स्थानीय सरकारले जनताको बढी चासो राख्ने विषयका सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तहमा रहेका जनप्रतिनिधिलाई सूचनाको हक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हककाबारेमा आफूले आज बल्ल बुझेको बताउँदै यो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले जान्नुपर्ने विषय रहेको बताउनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि नगरपालिका सधैँ सूचनाको हकप्रति सचेत रहने बताउनुभयो ।
त्यसअवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, राष्ट्रिय सूचना आयोगका सचिव भागरथी पाण्डे, पत्रकार महासङ्घका सचिव नारायणसुन्दर किलम्बु, पत्रकार महासङ्घ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकारलगायतले सूचना माग्ने बढे मात्रै दिने निकाय जिम्मेवार बन्ने भएकाले सूचना माग्न आग्रह गर्नुभयो ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...