पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
पाेखरा | असार १९, २०८१
पोखरा: पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्कुटर लन्च गरे ।
आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताइएको छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ ।
स्कुटरको विशेषताबारे जानकारी दिँदै कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले लामो तथा छोटो दुरीमा चलाउन सकिने र चढ्नमा सुविधाजनक रहेको बताए ।
उनका अनुसार ड्राइभिङमा यो ६० प्रतिकिमी र स्पोर्टस् मोडमा यो ६८ प्रतिकिमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उनले सुनाए । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उनले दाबी गरे । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्नेछ ।
क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका डाइरेक्टर रेविका बुढाथोकीले हाल कम्पनीको पोखरासहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छन् । काठमाडौंमा साउलफुल मोटर महाराजगञ्ज, इको एक्जिम नेपाल टेकु, बागमती मोटरसाइकल सेन्टर, बागलुङ जिल्लामा सावित्री अटो मोबाइल, दाङमा जेबिएस अटोमोबाइल्स् र कैलालीको धनगढीमा असीयुन ट्रेड प्रालि हुन् । पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुम हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

