सहारा बाल आधारभूतलाई १ लाख बराबरको ‘डेक्स–बेन्च’ सहयोग
पाेखरा | असार २१, २०८१
पोखरा: सहारा आधारभूत विद्यालयलाई सहारा क्लब पोखरका पूर्व अध्यक्षको संयोजकत्वमा फर्निचरका समाग्री प्रदान गरिएको छ ।
पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लबका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा रु. १ लाख ४ हजार बराबरको समाग्री सहयोग गरिएको हो ।
उक्त विद्यालयलाई पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी तथा केशव थापामगर लगायत सहयोगी दाताहरुले १२ सेट डेक्स बेन्च र १ सेट कुर्ची टेबल हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीका अनुसार सो विद्यालयमा हाल २ सय ७० बालबालिकाहरु अध्यनरत छन् ।
क्लबका पूर्व अध्यक्ष थापामगरले क्यानाडा, अष्ट्रेलियामा, अमेरिका, पोल्याण्ड, भारत, दक्षिण कोरिया लगायतका देशहरुमा रहेका सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

