शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदितीसहित ४० विद्यार्थी सम्मानित
पाेखरा | असार २२, २०८१

पोखरा: पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो ।
जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालाले बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए । साथै, थोरै जिपीए आएपनि तिनै विद्यार्थीहरु जीवनमा सफल हुने गरेका दृष्टान्त सुनाए ।
विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए ।
डा। पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’
सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए ।
साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा। पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए्र त्यसैगरी, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावककातर्फबाट भेषराज घिमिरेले बोलेका थिए ।
साथै, कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु÷सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...
काठमाडौंः जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानका...
काठमाडौं: जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सु...