तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला

तनहुँ | असार २३, २०८१

तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला तस्बिर: राजन उपाध्याय

दुलेगौडा:   तनहुँको शुक्लागण्डकी ७  काउरेमा एक घर पहिराेमा पर्दा  बेत्तपा भएका तीनै जनाकाे शव फेला परेकाे छ ।

 

७ का वडाध्यक्ष खड्कसिं थापा मगरका अनुसार अविरल वर्षाका कारण शनिवार दिउँसो हिरा नेपालीको घरको सामान सार्ने क्रममा  ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका थिए ।

 

उनीहरूकाे शव फेला परेकाे ​वडाध्यक्ष थापामगरले बताए । उनका अनुसार पहिराे आएको देखेपछि भाग्ने क्रममा ५ घाइते भएका थिए ।

 

घाइते हुनेहरुमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिम्लिसिना, ३५ वर्षीय रवि घिमिरे र १८ वर्षीय रुप कुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका थिए । 

 

उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

 

 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्