स्व. कल्याणको सम्झनामा ६ लाख राशीको दोहोरीगीत प्रतियोगिता हुने
बस्नेत र रायमाझीलाई सम्मान गरिने
पाेखरा | असार २२, २०७९
पोखरा: लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुने भएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आगामी साउन १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुुर गुरुङ ‘ह्योल्मो’ नेपालकै सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।
उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।
यसैगरी प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले उक्त प्रतियोगितामा देशभरबाट करिब प्रतियोगितामा ४० देखि ४५ समुहको सहभागिता रहने बताए ।
उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।
स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक ...
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

