पृथ्वी राजमार्ग पुन: अवरुद्ध

धादिङ | असार २७, २०८१

पृथ्वी राजमार्ग पुन: अवरुद्ध तस्बिर फाइल

धादिङ:    बेनीघाट रोराङ्ग गाउँपालीका स्थित पृथ्वी राजमार्गको जवाङ्ग खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।


अविरल वर्षाका कारण विहानैदेखी राजमार्गको विभिन्न स्थानमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएकोममा पटक पटक खुलाएकोमा पुन बन्द भएको हो ।


चितवनको ईच्छाकामना गाउँपालीकाको फिस्लिङ् नजिकै खसेको पहिरो हटाई सवारी सुचारु गरिएकोमा जवाङ्ग खोला नजिकै पुन पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।


सडकमा खसेको पहिरो हटाउनका लागी जिल्ला प्रहरी टोलि खटि सकेको छ भने चट्टान खसेकोले हटाउनको लागि केही समय लाग्ने प्रहरी चौकी जोगिमाराले जनाईएको छ । अवरुद्ध राजमार्गका कारण राजधानी प्रवेशकालागि आएका र राजधानीबाट बाहिरिने सवारीका साधनहरु रोकिएका छन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्