पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पाेखरा | असार ३०, २०८१

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा:     पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराउनु भएको छ । 


जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान, पर्यटन तथा खेलकुद लगायत समग्र वडाको चिनारीका रूपमा प्रोफाइल तयार गरिएको वडा अध्यक्ष किरण बरालले बताउनुभयो । 


वडा प्रोफाइलको आधारमा विकास निर्माणका योजनाहरू तय गर्न र वडाको समृद्धिमा थप कदमहरू चाल्न सहयोग पुग्ने उहाँको विश्वास छ । योजनाहरू बनाउन त्यसका लागि तथ्यगत विवरण आवश्यक पर्ने भएकाले वडा प्रोफाइल त्यसको प्रमुख स्रोतका रूपमा रहने उहाँले बताउनुभयो । 


नगरप्रमुख धनराज आचार्यले वडा नं.१३ ले जस्तै अन्य वडाहरूले पनि यस प्रकारका प्रकाशनहरू गर्न जरुरी रहेको बताउनुभयो । यसले स्वयम वडाको वास्तविकताको उजागर गर्ने भएकाले विकास कार्यक्रमहरूको प्राथामिकीकरणमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाको श्वेत पत्र प्रकाशनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्