बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन

पाेखरा | असार २३, २०७९

बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन


बाँके:   बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन ।

 

जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा  जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका बताइएको छ ।  

 

चालु शैक्षिकसत्रमा अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि सो कार्यालयले स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी अभियानका लागि सबैको सहभागिता खोजेको पाइन्छ । “सरकारले विद्यालय भर्ना अभियानलाई लक्ष्यअनुरुप सफल बनाउन एकीकृत कार्यक्रम लागू गर्नुपर्छ”, इन्सेक संयोजक भोला महतले भन्नुभयो  ।

 

जिल्लाका कतिपय परिवारका बालबालिकाले काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले पनि बीचमै विद्यालय छाड्ने गरेको जनाइएको छ ।  शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा विद्यालय जाने उमेरका करिब २२ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने शिक्षण सिकाइमा कम्तीमा ६० प्रतिशत उपलब्धि हासिल गर्नुपर्नेमा समेत यस जिल्ला ४० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्