आचारसंहितामा पालना गर्न सबै दल प्रतिबद्ध
काठमाडाैं | बैशाख ९, २०७९
रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् ।
मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

