नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय

८ महिनापछि पक्राउ उनलाई आज सार्वजनिक गर्दै कास्की प्रहरी

पाेखरा | साउन ४, २०८१

नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नागढुंगास्थित युनिक होटलमा भएको हत्याकाण्डको अरोपीलाई आज ४ बजे सार्वजनिक गर्दैछ ।

 

गत सालको मंसिर ५ गते पोखरा महानगरपालिका ८ नागढुंगाको युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक मृत भेटिएकी थिइन् ।

 

उनै सुकुको हत्या आरोपमा कास्की प्रहरीले सञ्जय विकलाई करिब ८ महिनापछि पक्राउ गरेको हो ।
 

यो पनि पढ्नुहोस

 

प्रहरी स्रोतका अनुसार सञ्जय हत्यापछि भारत भागेका थिए । नेपाल प्रहरीको निगरानीमा रहेको उनलाई चितवनबाट पक्राउ गरेर कास्की ल्याइएको छ ।

 

मृतक सुकु विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।

 

उनी मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् ।  त्यसको बेलुकीपख उनै सुकु युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्