साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन
काठमाडाैं | साउन ७, २०८१
काठमाडौं: साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । होटल सङ्घ नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका पाण्डेको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच होटल सङ्घ नेपाललले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै स्व पाण्डेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही प्रभावकारी नेतृत्व प्रदान गर्नुभएका स्व पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको सङ्घले जनाएको छ ।
निजामती सेवा छोडेर होटल व्यवसाय गर्नुभएका स्व पाण्डेले मुलुकमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरूको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्नुभएको छ । यसवापत उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरू प्राप्त गर्नुभएको थियो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

