जहाज दुर्घटना अपडेट: दुई जनाको शव फेला
जहाजमा १९ यात्रु थिए
काठमाडाैं | साउन ९, २०८१

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटना भएको सौर्य एयरको जहाजमा १९ जना रहेको खुलेको छ ।
चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
घटनास्थलबाट अहिलेसम्म २ जनाको शव फेला पारिएको बताइएको छ ।
बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो ।
विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
थप विवरण आउँदै ।
काठमाडौं: गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजा...
पोखरा: हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भ...
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन्...