विमान दुर्घटनाका मृतकको पोस्टमार्टम थालियाे
काठमाडाैं | साउन ९, २०८१

काठमाडौं: सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।
उनले फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरेका बताए ।
डा. चौधरीका अनुसार पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।
उनका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्छ ।
सबैको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो ।
जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजा...
पोखरा: हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भ...
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन्...