पोखरामा श्रमदवीतक एवं श्रीकृष्ण कथा प्रवचन सुरु
पाेखरा | साउन ११, २०८१
पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ ।
पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरे ।
सो अवसरमा बोल्दै पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।
धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको विकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समितिसँँग साथमा रहेर सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय निकायहरुसँग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्नेसमेत मन्त्री थापाले प्रतिबद्धता जनाए ।
यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले दुखलाई भुल्याउन सहयोग पु¥याउने वताए ।
पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७,८,९,६,१७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता गरे ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले श्रावण महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकतातर्फ मानिसहरुलाई जागरुक गराउन सहयोग पुग्ने बताइन् ।
श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धामडाँडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले बोलेका थिए ।
श्रावण १० देखि भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछन भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन ।
हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

