आयुर्वेदिक उपचारमा आकर्षण
काठमाडाैं | असार २४, २०७९
काठमाण्डौँ: धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा आकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा अमूल दाहालका अनुसार आयुर्वेदिक उपचारबाट चालु आर्थिक वर्षमा जिल्लाभर नौ हजार ९३३ पुरुष र तीन हजार २५२ महिला गरी कूल १३ हजार १८५ नागरिकले सेवा लिइसकेका छन् । जिल्लावासीलाई पहिला एउटा सिटामोलसमेत पाउन गारो हुने गरेकामा अहिले दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको व्यवस्थाका साथै ठाउँठाउँमा आयुर्वेदिक स्वास्थ्य केन्द्र र उपकेन्द्र सञ्चालनले उपचार सेवा निकै सहज भएको जिवजिवे महादेवस्थान टोलका समाजसेवी चिरञ्जीवी पौडेलले बताउनुभयो ।
कार्यरत चिकित्सकमध्ये जिल्ला अस्पतालमा डा आनन्द श्रेष्ठ, विजय खनाल, रमेश खरेल, एवं आयुर्वेदतर्फ डा बाबुराजा अमात्य तथा सत्यराज थपलियाको योगदान महत्वपूर्ण रहेको स्थानीय बासिन्दाले बताए ।यस्तै जडीबुटी औषधिका साथै परम्परागत रूपमा उपयोगमा आएको धामीझाँक्रीको व्यवस्था अहिले पनि विद्यमान छ । गाउँ घरमा बिरामी पर्नासाथ पहिलो चरणमा झाँक्रीमार्फत फुकफाक गराएर मात्र औषधि खुवाउने वा स्वास्थ्य केन्द्र लाने चलन अझै पनि विद्यमान छ । नियमित फुक्ने झाँक्रीले पनि अब एकपटक मात्र फुकेर छिटो अस्पताल लैजान सुझाव दिन थालेका छन् ।
अस्पताल नहुँदादेखि चलिआएको पुरानो फुकफाकको चलन क्रमशः हटाउँदै लान आफूहरू पनि प्रयास रहेको सम्बद्ध झाँक्रीहरुले बताए । यो चलन हटाउन लामो समय लाग्छ । हामीहरूले छिटो अस्पताल लान सुझाव दिँदै अगाडि बढेका छौँ सोनाम झाँक्रीले बताउनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

