मगर पत्रकार संघ कास्कीको पदस्थापन

गोविन्द र गीता सदस्यमा मनोनित

धरान | साउन १८, २०८१

मगर पत्रकार संघ कास्कीको पदस्थापन

पोखरा:   नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । 


नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले प्रमाण पत्र वितरण गरे । भने, निर्वाचन मण्डलका संयोजक एमबी आस्थामगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 


साउन १५ गते सुरज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर पत्रकार संघ कास्कीको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । संघको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए थिए । 


यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएका थिए । 


मगर पत्रकार संघ कास्कीको पहिलो बैठकले गोविन्द सिङ्जाली मगर र गीता रानामगरलाई सदस्यमा मनोनित गरेको सचिव कविता घर्तीमगरले जानकारी दिईन् । 


मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले मगर संघ र पत्रकारहरुबीच सहकार्य गर्दै अगाडि बढ्ने बताए । 


‘नेपाल मगर संघ र पत्रकार संघबीच सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ’, थापाले भने, ‘मगर समुदायमा भाषा संस्कृति लोप हुँदै गएको छ यसको संरक्षणको लागि पनि मगर संघ र पत्रकारहरुबीच सहकार्य हुन जरुरी छ ।’ 


उनले यातायात व्यवसायीको आन्दोलनमा क्रममा पत्रकार बिनु थापामगर र सुरज थापामगर माथि सांघातिक रुपमा आक्रमण गर्ने जो भएपनि कारवाही गर्न माग गरे ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका सचिव अर्जुन गाहामगर, मिना थापामगर, समाजसेवी तिलक तिवारी लगायतले बोलेका थिए । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्