थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं | असार २४, २०७९

थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाण्डौँ:   देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र एक हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

 

सो अवधिमा २७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ६२५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

एक लाख ६२ हजार ९७१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा ५५५, संस्थागत आइसोलेसन नौ, आइसियू सात र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् । 

 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ एउटा रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी पूर्व, जाजरकोट, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, बझाङ, डढेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९० र ललितपुर ५४ र भक्तपुरमा आठ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्