पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज

महासचिवमा गोकर्ण

पाेखरा | साउन २०, २०८१

पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज

कास्की:    पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् ।

 

शनिबार भएको पाँचौ वार्षिक साधारणा सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित ३६ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद सुवेदी चयन भए ।

 

यस्तै उद्योग उपाध्यक्षमा नवराज आचार्य, वस्तुगत उपाध्यक्षमा नवीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल, महासचिवमा गोकर्ण अधिकारी चुनिए ।

 

सो समितिको सचिवमा सिमा कोइराला र सरिता सुवेदी, कोषाध्यक्षमा जीवन ढुंगाना, सहकोषध्यक्षमा बोधराज सुवेदी छानिए । 

 

यसैगरी कार्यसमिति सदस्यहरुमा तुलसी दाहाल (इकाई), जुना अधिकारी (खुला सदस्य), सुरेन्द्र बास्तोला (वस्तुगत), पूर्णकुमार श्रेष्ठ (वडा सदस्य), नगेन्द्र प्रसाद शर्मा (महानगर),श्री राम गौतम (करपोरेट सदस्य), विर बहादुर थापा (वस्तुगत सदस्य), कृष्ण प्रसाद साह (खुला), सिविन्द्रराज भण्डारी (खुला), शम्भु अधिकारी (खुला), गोकर्ण क्षेत्री (सदस्य इकाई), जमुना पौडेल (खुला)  चयन भए ।

 

यस्तै राधा कृष्ण पोखरेल (खुला), प्रेम राज बसौला (नगर सदस्य), मनोज सुनार (वस्तुगत), विनोद भुजेल (करपोरेट), दुर्गा प्रसाद श्रेष्ठ (वस्तुगत), जगदिश खनाल (खुला), वविता मल्ल (खुला), गोविन्द खड्का (खुला),  रमिता पौडेल ढुंगानाा, कृष्णराज पोखरेल (उद्योग), परमेश्वर दवाडी (उद्योग), गोकर्ण कार्की (खुला), महेश्वर दवाडी (पालिका) र मनोहर दाहाल (खुला) चयन भएका छन् ।

 

यसअघि कार्यक्रमको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरेकी थिइन् ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्