लोमान्थाङमा गल्फ प्रतियोगिताः ‘होल इन वन’लाई याक पुरस्कार
मुस्ताङ | साउन २१, २०८१
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवाथाङमा भदौ १ गते तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ ।
मुस्ताङ गल्फ कोर्सले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
मुस्ताङ गल्फ कोर्सका प्रबन्धक निर्देशक इन्द्रधारा विष्टले खेलकुद प्रतियोगितासँगै मुस्ताङमा पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए ।
‘आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ भने तेस्रोमा मुस्ताङ पर्छ’, विष्टले भने, ‘खेलकुद प्रतियोगिताबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देशसँगै मुस्ताङमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य हो ।’
विश्वकै उच्च स्थानमा दाबी गरिएको ४ हजार ६ सय ४५ मिटर उचाईमा रहेको तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको हो ।
भदौ १ गते हुने प्रतियोगितामा गैर–आवासिय नेपाली गल्फरसँगै ५५ देखि ६० जनाले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका निर्देशक विष्टले बताए ।
प्रतियोगितामा महिला तथा पुरुष विद्याका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लङ्गेस्ट ड्राइभकामा पुरस्कार प्रदान गर्ने विष्टले जानकारी दिए ।
यस्तै प्रतियोगिताका होल इन वनलाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

