बङ्गलादेश: प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा आक्रमण

काठमाडाैं | साउन २१, २०८१

बङ्गलादेश: प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा आक्रमण

काठमाडौं:    बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् । 


ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको थियो ।


ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् । 


उहाँ कहाँ जानुभएको हो भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँ ढाकाबाट हेलिकप्टर चढेर ‘अन्यत्र’ जानुभएको छ ।


बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ । 


“म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने शिशाहरू तोडफोड गरिरहेका छन् ।


हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्कनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।” 


स्रोतले भन्यो, “उहाँको सुरक्षा टोलीले उनलाई तत्काल कार्यालय छोड्न भन्यो, तयारीका लागि समय मिलेन । “उहाँ पहिले आफ्नो गन्तव्य नबताइकन मोटरबाट प्रधानमन्त्री कार्यालयबाहिर निस्कनुभएको थियो तर पछि उहाँलाई हेलिकप्टरबाट ‘अन्यत्र’ जाने व्यवस्था गरिएको थियो ।”

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्