लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल

पाेखरा | साउन २२, २०८१

लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल

पोखरा:     लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । 


केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए ।


उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए । उनले मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नु पर्ने सिजन अहिले भएको बताए ।  


सोही अवसरमा अघिल्लो वर्ष लगाएका विरुवाहरुलाई गोडमेल गरेको र १२ वटा विरुवालाई टिगार्ड लगाएको लायन्स क्लब अफ पोखरा मर्दीका सचिब उमाकान्त रिजालले जानकारी दिए । कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोज कुमार अधिकारीले विरुवाको गोडमेल गर्दै विरुवा लगाएर मात्रै नहुने भन्दै त्यसलाई हुकाउनु ठुलो कुरा हुने बताए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्