मदन–आश्रितको शालिक तोडफोडप्रति फाउण्डेसनकाे ध्यानाकर्षण

काठमाडाैं | बैशाख ९, २०७९

मदन–आश्रितको शालिक तोडफोडप्रति फाउण्डेसनकाे ध्यानाकर्षण

हेटौँडा: मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्नुभएको छ ।

 

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्