पोखरामा ‘अघि बढ्छ युवा’ कार्यक्रम हुँदै, क-कसले दिँदै छन् प्रस्तुति ?

पाेखरा | साउन २६, २०८१

पोखरामा ‘अघि बढ्छ युवा’ कार्यक्रम हुँदै, क-कसले दिँदै छन् प्रस्तुति ?

पोखरा:     नेपाल आइडल सिजन-५ का विजेता करण परियार र मोटिभेस्नल स्पिकर रोहित मल्ल पोखरा आउने भएका छन् । 


रोहित मल्ल मोटिभेस्नल स्पिकरका रुपमा पोखरा आउन लागेको हुन् भने करण सम्मान थाप्न पोखरा आउन लागेको नेकपा एमाले कास्की जिल्लाका सचिव दर्शन लामाले जानकारी दिए ।


साउन २८ गते अन्तर्राष्ट्रिय  युवा दिवसको अवसरमा नेकपा एमाले कास्की जिल्लाले ‘अघि बढ्छ युवा’ नामक कार्यक्रम गरेर एक दर्जन युवाहरुलाई सम्मानसँगै अन्य कार्यक्रम गर्दैछ । 


सोही कार्यक्रममा करणसँगै नेपाल आइडलकी फस्ट रनरअप सलोमी गुरुङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर विकास गौचन र अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक लामाले जानकारी दिए ।


कार्यक्रम पोखरा ८ न्यूरोडका सिटी स्क्वायरमा २८ गते दिउँसो ३ बजेदेखि सुरु हुने लामाले जानकारी दिए । उनका अनुसार गीत–संगीत, खेलकुद र विविध क्षेत्रका युवालाई सम्मान गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रका सम्भावनाबारे बहस र अनुभवी युवाबाट ‘आत्म मन्थन’ समेत हुने छ ।


कार्यक्रममा राष्ट्रियता भल्कने गीत प्रस्तुत गर्ने जनाइएको छ । यस्तै, चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे प्रस्तुती दिनेछन् भने अस्मित कलेजकी कोडिनेटर शुष्मा रञ्जित र गण्डकी विश्वविद्यालयका डिन डाक्टर कपिल अधिकारीले युवासँग विज्ञानका कुरा गर्नेछन् ।


कार्यक्रममा साहित्यकार निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायिक यात्राका बारेमा बताउनेछिन् । 


उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायिक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने बारेमा आफ्नो भनाइ राख्नेछिन् । यस्तै, रोहित मल्लले भने युवाहरुलाई उत्प्रेरक वक्तव्य दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।


युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन नसकेको अवस्थामा कसरी नेपालमा युवालाई उद्यमी बनाउने भनेर ‘कि नोट’ प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको लामाले जानकारी दिए ।


राजनीतिक अस्थिरताले युवामा नैराश्यता पैदा भइरहेको बेला युवा दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका व्यक्तित्वहरुको प्रस्तुती र मोटिभेस्नल कार्यक्रम गर्न लागिएको लामाले बताए । 


मोटिभेस्नल कार्यक्रमसँगै अहिलेका बहुचर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती र गजल वाचन समेत गर्ने तालिका छ ।  कार्यक्रममा ५ सय जनाभन्दा बढी युवाहरुको सहभागिता हुने अनुमान रहेको लामाले सुनाए ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्