आज अन्तर्राष्ट्रिय युवा दिवस, पोखरामा ६ जनालाई सम्मान गरिँदै

पाेखरा | साउन २८, २०८१

आज अन्तर्राष्ट्रिय युवा दिवस, पोखरामा ६ जनालाई सम्मान गरिँदै

पोखरा:   २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ ।

 

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

 

दिवसको अवसरमा नेकपा एमाले कास्कीले आज पोखरामा एउटा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

 

‘अघि बढ्छ युवा’ नाम दिएर पार्टीले पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सम्मान, बहस, सांगीति प्रस्तुति र मोटिभेस्नल स्पिचसहितको कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो ४ बजे सुरू हुनेछ ।

 

गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक एवं एमाले कास्की सचिव दर्शन लामाले जानकारी दिए ।

 

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।

 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् ।

 

उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने ? बारेमा आफ्नो भनाइ राख्नेछिन् । चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे बोल्ने छन् ।

 

कार्यक्रममा निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ ।

 

यस्तै, रोहित मल्लले युवाहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गरेर मोटिभेस्नल स्पिच दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्