अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध
म्याग्दी | साउन २८, २०८१
सांकेतिक तस्वीर
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
अन्नपूूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२÷११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युत्विहीन बनेको हो ।
अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।
अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाईल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन् ।
मोबाईलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताउनुभयो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी बितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाईमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

