आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको नि:शुल्क उपचार
तनहुँ | साउन २९, २०८१
तनहुँ: तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताउनुभयो ।
आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताउनुभयो । डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्दा सधैँ झूलको प्रयोग गर्नुपर्छ, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न सकिए यसबाट बच्न सकिन्छ ।”
त्यस्तै, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन, ट्याङ्की र कुलरहरु हप्तामा एकचोटी सफा गर्न डा क्षेत्रीले आग्रह गर्नुभयो । जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण आँबुखैरेनीमा पुष्टि भएको छ ।
सोमबारसम्म जिल्लाभर आठ सय २२ सङ्क्रमित हुँदा आँबुखैरेनीमा मात्रै छ सय चारजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार व्यास नगरपालिकामा ५७, शुक्लागण्डकी नगरपालिकामा एक सय २३, भिमाद नगरपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
आँबुखैरेनीस्थित मनकामना हेल्थ क्लिनिक, आरोही पुष्पाञ्जली क्लिनिक, गोरखकाली पोलिक्लिनिक, ओम मेडिकल केयर, आँबुखैरेनी अस्पतालमा, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल, लक्ष्मी अस्पताल, मोती हेल्थ क्लिनिक, सञ्जीवनी प्याथोलोजी क्लिनिक, भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, व्यास नगरपालिकास्थित दमौली अस्पताल, रत्नहरि अस्पताल, समाधान अस्पताल, दमौली सामुदायिक अस्पताल, नेसनल एपोलो अस्पताल र युआरएल ल्याब्रोटोरीमा डेङ्गु परीक्षण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो ।
यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सकको भनाइ छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

