पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता

काठमाडाैं | साउन ३०, २०८१

पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता

काठमाडौं:    नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ । 

    
आगामी भदौ २८ गते आयोजना हुने २१औँ संस्करणको उक्त अवार्ड विभिन्न दश विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 


उहाँका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला, वर्षको उत्कृष्ट युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विधा रहनेछ । 

    
उक्त अवार्डका लागि आयोजक मञ्च र गोल्छा ग्रुुपबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक मञ्चका अध्यक्ष सुवेदी र गोल्छा गु्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले उक्त अवार्डमा मुख्य प्रायोजकका रुपमा रहने विषयमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । 

    
त्यसैगरी, अन्य विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल र पारा एथलिट विधाका विजेताले जनही रु एक लाख पुरस्कार पाउने छन् । अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरिएको मञ्चका अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसअघि उक्त विधाका विजेता खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।  

     
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङघ ९एआइपिएस, एसिया० को कङ्ग्रेस पनि नेपालमै आयोजना गर्ने भएको छ । उक्त कङ्ग्रेस आगामी भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कङ्गे्रसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 
     
    
अघिल्लो वर्ष पुरुषतर्फ एथ्लेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथ्लेटिक्सकी राजपुरा पछाई, प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल र पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पल्सर स्पोर्टस अवार्ड जितेकी थिइन । 


त्यसैगरी, स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जित, पारा एथलिट सम्मान एथ्लेटिक्सकी पारा खेलाडी मैया विशुङ्खे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड हङ्कङका खेलपत्रकार चु चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्