बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडाैं | असार २६, २०७९

बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । 

 

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो । 

 

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो । 

 

‘‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु ।’’

 

त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ । 

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।  सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा ...

थप पढ्नुहोस्

काठमाडौं: दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर शहरबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ ।  दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाए...

थप पढ्नुहोस्