निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि...
नवलपरासी | साउन ३१, २०८१
नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ ।
कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रुख काटिएका हुन् । खयरको रुख कटानीबाट गाउँको एउटा डाँडो नै रित्तिएको स्थानीयको भनाइ छ ।
निजी वनको रुख कटान गर्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानको रुख काट्ने व्यक्तिलाई पक्राउ गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।
“दुई पालिकाको दुई वडामा पर्ने सामुदायिक वन र सार्वजनिक स्थानमा रहेका खयरका रुख कटानी भएको सूचना पाएपछि ठेकेदारसहितका केही व्यक्तिलाई पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो, “पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ ।”
डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको बारेमा अध्ययन गरिरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले घटनामा संलग्न ६ जना पक्राउ परेका जानकारी दिनुभयो । “अवैध रुपमा रुख कटानी गरेको उजुरीको आधारमा ठेकेदारसहित ६ जनालाई पक्राउ गरिएको छ” उहाँले भन्नुभयो, “घटनामा संलग्न दुई जना फरार छन्, उनीहरुको खोजीकार्य जारी छ ।” ठेकेदारले अवैध रुपमा रुख कटानी गरे पनि बिक्री गर्न नपाएको उहाँको भनाइ छ ।
बुलिङटार गाउँपालिकाका पूर्व अध्यक्ष शशिकिरण बस्ताकोटीले काटिएका खयरका रुखमध्ये आधाभन्दा बढी बिक्री भइसकेको बताउनुभयो । “करिडोरसँगै पर्ने स्थानको सामुदायिक वनबाट काटिएका खयरको रुखमध्ये ६ ट्रक बिक्री भइसकेको छ”, उहाँले भन्नुभयो, “कटानी भएको ठाउँमा अब साढे दुई ट्रक जति काठ बाँकी छ ।”
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

