माओवादी भदौभर पार्टी कमिटी बैठकमा केन्द्रित हुने, गण्डकीमा भदौ ९ र १० गते

काठमाडाैं | साउन ३१, २०८१

माओवादी भदौभर पार्टी कमिटी बैठकमा केन्द्रित हुने, गण्डकीमा भदौ ९ र १० गते तस्बिर फाइल

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । 

    
पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश, जनवर्गीय सङ्गठन, मोर्चा, सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो ।
 
        
बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 


अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारी सबै प्रदेशका बैठकमा सहभागी हुने निर्णय भएको उहाँको भनाइ छ । “बैठकमा जनताका पीरमर्का बुझ्ने काम हुनेछ । पार्टीका अवधारणा जनतासम्म लैजाने र जनताका विषय पार्टीसम्म ल्याउने बारेमा बृहङ्गम छलफल हुनेछ”, उहाँले भन्नुभयो ।
 
     
आगामी भदौ ५–६ बागमती, भदौ ७–८ विशेष र सम्पर्क समन्वय, भदौ ९–१० गण्डकी, भदौ १२–१३ सुदूरपश्चिम, भदौ १४–१५ कर्णाली, भदौ १६–१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२–२३ मधेस, भदौ २४–२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७–२८ जबस, मोर्चा र भदौ २९–३० ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगको परामर्श बैठक बस्ने माओवादीले जनाएको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्