‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, ५ घण्टासम्म गठ्ठाघर तनावग्रस्त

भक्तपुर | साउन ३२, २०८१

‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, ५ घण्टासम्म गठ्ठाघर तनावग्रस्त

भक्तपुर:    बिहिबार दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । 


करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो । 

    
सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो । 


 

यो पनि पढ्नुहोस

 

    
ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो । 

    
केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । 

    
तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो । 

    
भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौँबाट आएका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् । 

    
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिनुभयो । भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले बताउनुभयो ।

    
घटनाको छानबिन सुरु भइसकेको जानकारी दिँदै उहाँले सडकमा राखिएको फलामे बोर्डका कारण सिसी क्यामरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताउनुभयो । 

    
घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिनुभयो । 

    
प्रनाउ कार्कीले मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारीचालक अनुमतिपत्र भेटिएको जानकारी दिनुभयो । यद्यपी आफन्तबाट शव पहिचान नभएसम्म यकिन अझै भन्न नसकिने उहाँले बताउनुभयो ।

    
घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ भने मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्