सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपरासी | साउन ३२, २०८१

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपरासी:    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । 


प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । 


“निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,” उहाँले भन्नुभयो । 


बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । 


निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न  बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ । 

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्