पोखरामा नेशनल प्याथ ल्याबको नवौं शाखा

पाेखरा | साउन ३२, २०८१

पोखरामा नेशनल प्याथ ल्याबको नवौं शाखा

पोखरा:     नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । 


पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ ।


सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । 

 


प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् ।  


मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै  अन्य क्यान्सरको परीक्षण  र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए  । 


रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस प्यानललगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । ‘हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं’, जोशीले भने । 


२०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै सहरमा शाखा विस्तार गरेको छ । 


काठमाडांै, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् । 


जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेड मा सूचिकृत छ ।  


संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने । 


पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परीक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउछन् । 


प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निशुल्क जाँचको व्यवस्था मिलाइएकोे  पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए ।  ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए । 


नेशनल प्याथ ल्याबले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षण सेवा दिदैं आइरहेको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो प्रयोगशाला हो । 


पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भको अवसरमा होल बडी चेकअपका लागि दुई हजार रुपैैयाँको अफर ल्याएको ल्याबले प्याकेजमा विशेष छुट दिएको छ ।
 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्