पोखरामा नेशनल प्याथ ल्याबको नवौं शाखा
पाेखरा | साउन ३२, २०८१
पोखरा: नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ ।
पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ ।
सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो ।

प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् ।
मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै अन्य क्यान्सरको परीक्षण र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए ।
रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस प्यानललगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । ‘हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं’, जोशीले भने ।
२०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै सहरमा शाखा विस्तार गरेको छ ।
काठमाडांै, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् ।
जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेड मा सूचिकृत छ ।
संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।
पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परीक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउछन् ।
प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निशुल्क जाँचको व्यवस्था मिलाइएकोे पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए । ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए ।
नेशनल प्याथ ल्याबले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षण सेवा दिदैं आइरहेको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो प्रयोगशाला हो ।
पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भको अवसरमा होल बडी चेकअपका लागि दुई हजार रुपैैयाँको अफर ल्याएको ल्याबले प्याकेजमा विशेष छुट दिएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

