नयाँ नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा
पाेखरा | भदौ १, २०८१
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ ।
३५ औं महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशनमा अध्यक्षका पत्यासी अर्जुन पोखरेलले आफ्नो प्यानलबाट पदाधिकारीको नामसहित उमेदवारी घोषणा गरे ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कर्माचार्य, उपाध्यक्ष (उद्योग)मा दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य)मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, उपमहासचिवमा बालकृष्ण कोइराला र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

