नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा
पाेखरा | भदौ २, २०८१
पोखरा: नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल सह(सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा बिनाय श्रेष्ठ , सह (कोषाध्यक्षमा उत्तम सुबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ , रेशम बिष्ट चयन भएका छन ।
कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका उपाध्यक्ष डा। कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा , एन।एम ।एस ।आर।ए केन्द्रका महासचिव निरज पन्त एन।एम ।एस ।आर।ए पोखरा इकाई अध्यक्ष गोपाल बस्नेत साथै नारायणगढ र लुम्बिनी इकाई प्रतिनिधिहरुको समेत उपस्तिथि थियो ।कार्यक्रममा निबर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।
यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले पुर्ब (अध्यक्षहरु प्रमोद ढकाललाई र दशरथ पाण्डेलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको छ। कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै संगठनका अध्यक्षले मनोनीत सदस्यमा पहिलो पल्ट महिला सदस्य चयन भएको खुसी ब्यक्ति गर्दै मनोनीत सदस्यमा सदिक्षा अर्याल चयन भएको जानकारी गराए ।
समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै बसेको बैठकबाट अब अझै ससक्त रुपमा औषधि र बिक्री बितरण , प्रबर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लागीरहने जानकारी दिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

