‘थ्रि मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन
सञ्जु बने सर्वाेत्कृष्ट
पाेखरा | भदौ ३, २०८१
पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ ।
हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
उक्त प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए ।
यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार पुरस्कृत भए ।
यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदाता लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो ।
हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

