भगवतीटार आमा समुहको अध्यक्षमा कुमारी गुरुङ
पाेखरा | भदौ ४, २०८१
पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अबसरमा राष्ट्रिय भुमि अधिकार मञ्च कास्कीका संरक्षक आस बहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भुमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समुहकी संस्थापक अध्यक्ष भिम कुमारी गुरुङ, सेतिगंगा आमा समुहकी अध्यक्ष रमा रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।
समुहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुर प्रसाद गुरुङ र रामबहादुर थापा, एस ई इ उत्तीर्ण छोराछोरीहरु अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।
समुहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र संचालन सचीव कुमारी गुरुङले गरेकी थिइन् ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

