‘भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हद म्याद राख्न मान्य छैन’
काठमाडाैं | भदौ ६, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद राख्ने विधेयकप्रति आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारको कुनै पनि हदम्याद मान्य हुनेछैन । यस विषयमा ‘नो इफ, नो बट’ हाम्रो कुरा ‘क्लियर कट’ ।” सरकारले नीतिगत भ्रष्टाचारको विषयमा परिभाषा समेत प्रस्ट पार्नुपर्ने सभापति लामिछानेले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले आफ्नो पार्टी भ्रष्टाचारीलाई छुट दिनु हुँदैन भन्नेमा प्रस्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई छुट दिनु हुँदैन । हदम्याद राख्नु हुँदैन भन्नेमा हामी प्रस्ट छौँ ।”
नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले देशमा ८२ प्रतिशत स्थानमा बस्ती प्राकृतिक विपत् ग्रस्त क्षेत्र भएको उल्लेख गर्दै विपत्मा भूकम्पबाट पीडित जाजरकोटवासीलाई तुरुन्तै अस्थायी आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु सुमना श्रेष्ठ, राजकिशोर यादव, सुशीला थिङ, सरस्वती बजियम, रामकुमार राई, अम्रेसकुमार सिंह, शङ्कर भण्डारी, प्रेमबहादुर महर्जन, ईश्वरबहादुर रिजाल, मैना कार्की, अब्दुल खान, रामहरि खतिवडालगायतले विपत् व्यवस्थापन र सवारी दुर्घटना जोखिम न्यूनीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइ...
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ बार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ । ...

