टुडिखेलमा जारी फुटबलमा क्वाटरफाइनल समिकरण पूरा, फाइनल शनिबार

पाेखरा | भदौ ६, २०८१

टुडिखेलमा जारी फुटबलमा क्वाटरफाइनल समिकरण पूरा, फाइनल शनिबार

पोखरा:      पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटफाइनल समिकरण पुरा भएको छ । 

 

आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार एट टु नाइन टिम ‘बि’, आदर्श क्लब भण्डारढिक, सनराइज एफसी, क्लब डि, केआइइसी बुन, बगर युनाइटेड, मार्सल एफसी र कस्केरी टोल क्वाटरफाइलनमा प्रवेश गरेका छन् । 

 

उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल क्लब डि र मार्सलबीच हुनेछ ।

 

यस्तै दोस्रो खेल केआइइसी बुन र सनराइज सिमपानीबीच हुनेछ । तेस्रो खेलमा कस्केरी १ र आदर्श क्लब भण्डारढिकबीच प्रतिस्पर्धा हुनेछ ।

 

अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड बगर र एट टु नाइन टिम ‘बि’बीच प्रतिस्पर्धा हुनेछ ।
 

 

सेमिफाइनल र फाइनल खेल शनिबार हुने थपलियाले जानकारी दिए । उनका अनुसार गत १ गतेदेखि जारी प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको छ ।

 

सो प्रतियोगिताको  विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्