नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा बारागढीका ४५ तीर्थयात्री घाइते
बारा | भदौ ९, २०८१
बारा: नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् ।
उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् ।
ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।
“बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ”, प्रहरी नायव उपरीक्षक सापकोटाले भन्नुभयो । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य नीजि क्लिनिकमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामुहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

