घोरबन्दामा फुटबल जारी, खल्लुकधाराविरुद्ध दमकडाको सँघर्षपूर्ण जीत

पाल्पा | भदौ ९, २०८१

घोरबन्दामा फुटबल जारी, खल्लुकधाराविरुद्ध दमकडाको सँघर्षपूर्ण जीत

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा दमकडाले सँघर्षपूर्ण जीत निकालेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा खल्लुकधारा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।

 

उनका अनुसार दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका विशाल मल्ले २ गोल गरे । भने, सुदिप थापाले १ गोलको योगदान दिए । यता हार व्यहोरेको खल्लुकधाराको तर्फबाट शुशिल थापाले २ गोल फर्काए ।

 

खेलको पहिलो हाफमै दमकडाका खेलाडी जोन मस्राङ्गीले खल्लुकधाराका खेलाडीलाई फल गरेपछि रेड कार्डको शिकार बनेका थिए ।

 

त्यसपछि दमकडा १० जना खेलाडीमा मात्रै सिमित बन्न पुगेको थियो । 

 

यद्यपी दमकडा खेलमा फर्किदै जीत निकाल्न सफल बन्यो । अब दमकडाले ११ गते हुने न्यू हिमाली युवा क्लब र युनाइटेड युथ एफसीबीचको विजेता टिमसँग आगामी १५ गते प्रतिस्पर्धा गर्नेछ ।

 

 

भोलि (सोमबार) दिउँसो ३ बजे आयोजक नव जागृति युवा क्लब निलो र लुम्बिनी मेडिकल कलेजबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।

 

उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्