गण्डकी मेडिकल कलेजले शिक्षण अस्पताल र शैक्षिक भवन बनाउँदै
पाेखरा | भदौ १३, २०८१
पोखरा: गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले निर्माण गर्न लागेको शिक्षण अस्पताल र शैक्षिक भवनको शिलन्यास गरिएको छ ।
पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा निर्माण गर्न लागिएको मेडिकल कलेजको शिक्षण अस्पताल र शैक्षिक भवनको बुधबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको हो ।

गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पोखरा–२७ रिठ्ठेपानीमा रहेको आफ्नै स्वामित्वमा रहेको जग्गामा बि.डि.एस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन रहेको पुरानो भवन नजिक करिव ३ अर्बको लगानीमा ७५० शैयाको अत्याधुनिक शिक्षण अस्पताल निर्माण गर्न लागेको हो ।
यस्तै प्रालिले पोखरा–२७ छत्रेढुङ्गामा समेत करिव १ अर्बको लागतमा शैक्षिक भवनको समेत निर्माण सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रविन्द्र प्रसाद श्रेष्ठले बताए ।
उनले दुवै भवनको निर्माण कार्य करिव २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आज शिलन्यास गरिएको बताए ।
पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजको अस्पतालबाट सेवा प्रदान गर्दै आएपनि पोखराको जनघनत्व बढ्दै गएपछि सेवाग्राहीको समेत चाप बढेपछि कम्पनीको स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको बताए ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले वि.स.२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले भवनमा ५ अर्व लगानी गरिसकेका बताएको छ ।
गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले स्नातक (एम.वि.विएस÷बि.डिएसतर्फ ६सय ५९ र नर्सिङ तथा एलाईड साईन्सेजतर्फ २सय २१ जना र स्नातकोत्तर (एम.डि÷एम.एस तथा एम.पि.एच तर्फ गरी ५० जना )दक्ष जनशक्ति तयार गरेको जनाएको छ ।
गण्डकी मेडिकल कलेजमा करिव १ हजार २ सयलाई रोजगारी र वार्षिक रुपमा करिव २ लाख जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.श्रेष्ठले बताए ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरर्गत सञ्चालित विभिन्न निशुल्क सेवाहरु डायलासिस, आमा सुरक्षा कार्यक्रम, क्यान्सर रोगको उपचार, मस्तिष्क घाट र डिओटियस (क्षयरोग) कार्यक्रमसँगै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

