पोखरामा हाइड्रोपावरको तामाको तार चोरी गर्ने ३ पक्राउ
पाेखरा | भदौ १५, २०८१
पर्वत: हाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र वडा नं. १५ खाल्टेमसिना बस्ने वर्ष २६ वर्षीय निशान दर्जी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत साउन १२ गते राति पोखरा महानगरपालिका–१४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाइड्रोपावर स्टोर्सबाट तार चोरी भएको थियो।
कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के।भी। ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्डर पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख बराबरको सामान चोरी भएको थियो।
पोखरा महानगरपालिका-१४ चाउथेमा तारको बाहिरी पत्र फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

