पोखरेली स्क्वास खेलाडीलाई तालिम

कास्की | असार २७, २०७९

पोखरेली स्क्वास खेलाडीलाई तालिम

पोखरा:  पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ ।
 

स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा तालिम दिएका हुन् ।

 

सिनियर खेलाडी तथा प्रशिक्षक रक्षा लामाका अनुसार उक्त तालिममा महिला र पुरुष गरी २० जना बढिको सहभागिता रहेको थियो । 

 

प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्दै समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले खेलकुद आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे । ‘खेलकुदको कुनै सीमाक्षेत्र हुदैंन । जसले हामीलाई सजिलै जोड्न मद्दत गर्दछ, उनले भने, ‘त्यसैले खेलकुद एउटा त्यस्तो पावर हो ।’

 

उनले उक्त विदेशी प्रशिक्षकको उपस्थितिले खेलाडीहरु प्रेरित भएको बताउदै उक्त तालिम खेलाडीका लागि समापन नभई सुरुवात भएको बताए । ‘तालिम सकिएपनि यो तपाइहरुको समापन होइन । यो त बल्ल सुरुवात हो ।’ उनले भने ।  

 

 उनले खेलकुदसँगै स्क्वास विकासका लागि प्रदेश खेलकुद परिषद सदैब लाग्ने बताउदै स्क्वासको अत्याधिक सम्भावना रहेको उल्लेख गरेका थिए । 

 

यसैगरी स्क्वास खेलाडी प्रयाग जोशीले धेरै पहिलेदेखि स्क्वास खेल्दै आएको बताउदै प्रशिक्षणपश्चात थप हौसला बढेको बताए । ‘खेल्न त धेरै पहिलेदेखि खेल्दै आएको हो, उनले भने, ‘यो ट्रेनिङपछि मात्रै बेसिक कुराहरु जान्न पाइयो । त्यसले गर्दापनि आफ्नो खेल बढेको जस्तो लागेको छ र  थप साहस बढेको छ ।’
 

 

स्क्वास र्याकेट्स एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले सो तालिमपश्चात खेलाडीहरुको क्षमता अभिवृद्धि भएको बताए । उनले विविध पक्षलाई तालिममा समेटेको बताउदै प्रतियोगितामा खेलाडीहरुले प्रतिस्पर्धा गर्दा सिकेको कुरालाई प्रयोग गर्नसक्ने गरी तालिम प्रदान गरेको बताएका थिए । 

 

यसैगरी विदेशी प्रशिक्षक ह्यारी हेथककले नेपालमा स्क्वास कोर्ट कम भएका कारण खेलाडीहरुको स्क्वासमा अत्याधिक सम्भावना रहेको बताए । उनले नेपालमा काठमाडौं र पोखरामा मात्रै कोर्ट रहेको बताउदै अन्यत्र शहरमा पनि कोर्ट निर्माण गर्नुपर्ने बताएका थिए ।

उक्त समापन कार्यक्रममा प्रशिक्षक ह्यारी हेथककलाई ढाका टोपी ओढाएर सम्मान समेत गरिएको थियो ।


 

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्