गुरुकुललाई ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि
पाेखरा | भदौ १६, २०८१
पोखरा: पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।
यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो ।
यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।
त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए ।
विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए ।
विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे ।
महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

